लामाचौर, १६ भाद्र २०७६ । नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरले तीज बिशेष शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

विपी स्मृति भवन लामाचौरमा अायोजित उक्त कार्यक्रममा नेविसंघ पुरन्चौरका सम्पूर्ण सदस्यहरुको उपस्थित रहेको थियो । देशको बिभिन्न जिल्ला कृषि शिक्षा अध्ययनका लागि अाउनु भएकालाई दर खुवाइ माइति को अाभास दिलाइएको थियो

कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला संघ कास्की अध्यक्ष कोपिला रानाभाट ले ने बि संघ कृषि क्याम्पसले अायोजना गरेको कार्यक्रममा सहभागी हुन पाएको अायोजक धन्यवाद दिनु भयो ।

ने बि संघ पुरन्चौरमा अध्ययन गर्ने हाम्रा छोराछोरी हुन , उनीहरुलाई अभिभावकका रुपमा दर खुवाउने अवसर मिलेकोमा खुशी व्यक्तका साथै अागामी दिनहरुमा रचनात्मक कार्य गरी अगाडि बढ्न सधै साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेस कास्की सदस्य पुष्प पाण्डेले भन्नु भयो ।

युवा महिला नेत्री सरस्वती गुरुङ्गले तिजको महत्वलाई दर्शाउँदै , युवा बिद्यार्थीहरु राजनीतिक बिषयमा पनि जानकारी रहन अावश्यक रहेको भन्दै बिद्यार्थी र राजनीति का सम्बन्ध बारे जानकारी दिनुभयो ।

अाउदो दिनहरुमा अझै साथ सहयोग गर्ने, खुलेर काम गर्न अनुरोध गर्दै अभिभावक को भुमिका निर्वाह गर्न सक्षम रहेको बताउनुभयो ।

कार्यक्रममा ने बि संघ कास्की नेता राजिव बास्तोला , फोर्स पुरन्चौर अध्यक्ष दिक्षा सुवेदी , कृषि बिद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष मनिष पन्ड्डित , निवर्तमान सभापति सुजन सापकोटा ले शुभकामना व्यक्त गर्दै अातित्य गह्नन गर्नुभएको कार्यक्रम मा स्वागत मन्तव्य चिरञ्जीवी खड्काले दिनु भएको कार्यक्रम सचिव शिशिर रेग्मी र सचिना धितालले सन्चालन गर्नु भएको जानकारी ने बि संघ सभापति सुमन बिमली ले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्