टोकियो, २०७६ साल भाद्र १६ गते सोमबार । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा गोरखा समाज जापानको आयोजनमा जापानको टोकियो स्थित सिनओकुबोमा भब्य कार्यक्रम गरी सांगितिक तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा चर्चित लोक गायक पछिल्लो समय  के छ ओई पान पाते ठुली ,गितबाट निकै चर्चामा आएका गोरखाली युवा गायक रबिन लामिछानेले बेजोड प्रस्तुतिका साथ गोरखालीलाई नचाएका थिए ।

उनी गोरखाली कलाकार भएकै कारण जापानबासी गोरखाली लगायत अन्य नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो । सोहि अबसरमा अर्की गायिका टिका सानु साथै निसा क्षेत्रीले बेजोड प्रस्तुति गरेका थिए ।

तिजको सॉंगितिक कार्यक्रम जापान आउनु भएका लोक दोहोरी गायक रबिन लामिछाने र टिका सानुलाई संयुक्त रुपमा गोरखा समाज जापानले सम्मान समेत गरेको थियो भने कार्यक्रमको संयोजन संस्थाकी सदस्य मनकुमारी अंगाईले गर्नु भएको थियो ।

कार्यक्रम संचालन सचिब बिराट बाबु खनालले गर्नु भएको थियो । कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्नु हुने सम्पूर्ण गोरखाली तथा कलाकारहरुलाई संस्थाका अध्यक्ष चुडामणी भट्टराई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्