काठमाडौं, १५ भाद्र २०७६ । काठमाडौंका विभिन्न बैंकका एटीएमबाट डेढ करोड रकम निकाल्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । गत शुक्रबार नेपाल आएको चिनियाँ टोलीले काठमाडौंका नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट रकम निकालेका थिए ।

दरबारमार्ग, कमलपोखरी र र्सोहखुट्टेबाट खटिएको प्रहरी टोलीले दरवारमार्गमा रहेको नबिल बैंकको एटिएमवाट रकम झिक्ने एकजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका एकजनाको बयानका आधारमा अन्य चारजना गरि पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हात्तिसारस्थित माया मनोहर बुटिकको कोठा नं २०१, ६०२ र ६०४ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भदौ १६ गते सोमबार उनीहरुले चीन फर्किने योजना बनाएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्