काठमाडौं, १४ भाद्र २०७६ । सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एस्सीडब्लुइसी)संग आबद्ध एक टोली नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्य सहित वर्माको याङ्गन तर्फ प्रस्थान गर्ने भएको छ ।

वर्मा स्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सीडब्लुइसी नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित  सो टोली वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो ।

सो टोलीले  याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थीत नेपाली दुताबासको प्राङ्गणमा यही  भाद्र  १४ देखि १६ गते सम्म नेपालका  विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

सोही प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयाग गर्ने  पोते, किलीप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु, गाग्री, खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएको छ ।

त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा  पर्यटक भित्र्याउने पनि  योजना बनाएको छ ।

सो सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सीडब्लुइसी)  नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एक अंग हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरुको महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ । बिगत दश बर्ष देखि यो संस्थाले महिला उद्यमीहरुको हितका लगी बिभिन्न कदमहरु चाल्दै आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्