गोरखा, १३ भाद्र २०७६ । गोरखा जिल्ला बारपाक सुलीकोट गाउँपालिका – ४ लामागाउँकी , श्री हिमालय मा वि सौरपानीमा कक्षा ८ मा अध्ययनरत, प्राणघातक रोग Brain Tumor बाट पीडित १६ वर्षीय बहिनी सविना तामाङ्गको उपचार सहयोगार्थ केहि रकम जुटिरहेको छ ।

हामीले विगत केही समयदेखि संचालन गरीरहेको सहयोग रकम संकलन अभियान , “सविना बचाउ अभियान” कार्यप्रति ऐक्यबद्धता सहित सबै हृदयी मनहरुले सहयोग गर्दै आइरहनु भएको छ ।

नेपाली कांग्रेसका युवा नेता , विशेष गरी दुखी , गरिब र निमुखाहरुको उद्धार तथा सहयोगका निम्ति जुनसुकै समय र अवस्थामा पनि सहजै उपस्थित भईदिनुभई निष्पक्ष र निस्वर्थ ढंगले सहयोग गरिदिनुहुने सहयोगी मनका धनी , गोरखा जिल्ला क्षेत्र नंं।२ (ख) का माननीय श्री प्रकाशचन्द्र दवाडी ज्यूले अस्पतालमा आउनु भई बिरामी नानी र नानीको बुवालाई भेट्नुभई रू। २५०००/- (पच्चीस हजार रुपैयाँ) को नगद जम्मा भौचर प्रदान गर्नुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्