ओम पाण्डे, साउदी  अरब

२०७६ साल भाद्र १२ गते बिहिबार ।

त्यो ८ दिन जिबनमा कुनै १८ वर्षभन्दा कम थिएन । पहिला -पहिला छिन छिनमा के कस्तो छ भनेर मेसेज गरी रहने मान्छे  सम्पर्क बिहिन हुँदा, तिमिले रिसएर दिएको रिसको पिडाले मेरो मुटु जलायो ।

म कोमल हृदयको पानाहरुले तिम्रो हरेक बिगतहरुलाई स्पर्श गर्दै थिए । तर पनि तिमिले त त्यसलाई च्यातेर फ्याल्नुलाई आफ्नो कर्तब्य ठान्यौ । म तिमीसँग  नजिक-नजिक हुन चाहन्थे तर तिमी  सानो सानो कुरामा पनि झगडा गर्नुमा आनन्द खोजथ्यौ । तिमी मलाई छोड्न चाहन्थ्यौ तर म हाम्रो प्रेमको फुललाई माला बनाइ जोड्न चाहन्थे ।

तिमी सधै मलाई छोड्ने धम्की दिन्थ्यौ तर म रोइ कराइ तिमी बिना बाच्न सक्दिन बरु जे गर सहन्छु तर छोड्ने कुरा नगर भन्दै  बिलाप गर्थे । मैले तिमिलाई कति माया गर्थे भन्ने कुराको बयान गर्न सायद त्यो शब्द नै जन्मेको छैन होला । मेरो मनको भाब ब्यक्त गर्न सक्ने, तर तिममिले मलाई साचै बुझेनौ, यदी तिम्रो मनमा अलिकति पनि माया थियो भने मेरो अवस्था बुझ्नु पर्ने होइन र । हेर मेरो पनि के मन होइन र ? मेरो पनि जिबन होईन र ? तिमिलाई कति माया गरे आखिर जिबन एकलै काट्नु रैछ, दुखेको मन फेरी भाच्नु रैछ, मुटु भरी को माया निस्टुरीलाई साच्नु रैछ ।

त्यो दिनदेखी नै तिमी प्रति सहानु भुति थियो । दया लाग्यो । जुन दिन तिमिले, रुखबाट हागो लाछे झै चुडेर पातहरु नदीमा बगाउने कोसीस गर्यौ। मलाई पुर्बतिर बगाएर पश्चिमतिर खोज्ने दुस्सहास गरयौ ।

छ्या, कस्तो कमजोर ठानेको है मलाई, गल्ली को कुकुर जति पनि महत्व भएन मेरो । माया गर्छु भन्नेले यस्तो गर्दा, एक छिन त सासै रोकियो, म सपनामा छु कि बिपना मा छु, भन्ने आभास दिलायो । आफै लाई बिश्वास लागेन्, यती माया गरे को मान्छे ले के यस्तो पनि गर्न सक्छ र ?

म रोइ रोइ चिच्याइ रहेको थिए । तिमी अझ बढी नाटक गर्छौ, भन्दै मुख छडदै थियौ । यस्तो त मेरो मेरो जन्म दिने आमा बाबाले पनि गर्नु भएको  थिएन । तैपनी म कति सहेर बसेको थिए । त्यो पिदायिक यतना, म कस्तो अभागी माया गर्छु भन्ने मान्छेबाट नै त्यस्तो अपहेलना । म केहि बोल्न सक्ने स्थितिमा थिइन । जिबन एक आशा हो । त्यही आशामा नै चलेको छ यो ससार । दिदी भन्नु हुन्थ्यो – “बाबु सबै मान्छे लाई माया गर्नु पर्छ कसैलाई नराम्रो सोच्नु हुँदैन । जिबनमा कसैलाई गरे को, माया पनि त्यसै खेर जादैन, तिमिले उसलाई यति धेरै माया गर्यौ, यस्तो माया त कथाहरुमा मात्र हुनथ्यो तर चिन्ता नगर भागवानले तिम्रो पुकार सुन्नु हुन्छ । उ जानुको अर्थ हो तिम्रो जिबन मा उ भन्दा राम्रो अरु कोही आउँदै छ । भगवान  अन्धो छैन बाबु सबै कुराको हिसाब किताब हुन्छ । तिम्रो त्यो माया अमर भइ सक्यो बाबु, सबै भागवानको घर मा पुगी सक्यो ।

उ त्यो माथि जुनली आकशमा हेर त त्यो ब्रमाण्ड (युनिभर्स्) मा पुगी सक्यो । अब भागवनले तिम्रो जिबनमा तिमीलाई धेरै माया गर्ने अरु कोही पठाउदै हुनु हुन्छ । चिन्त नगर अहिले भागवानले तिम्रो परिक्षा लिनु भएको हो । मलाई बिश्वास गर बाबु । मैले जिबनमा यस्ता धेरै कुराहरु भोगी सके सब ठिक हुन्छ “।

धेरै माया गरेछु भुल्न सकिन, ति यादहरु तर अब सम्झेर पनि के गर्नु जब पाइन ति साथहरु, तिमी यस्तो ठाउमा फुल्यौ कि प्रिय न मैले देख्न सके, न् तिम्ले चिन्न सक्यौ ।

अझै कति भन्न सक्छौ दोबाटोमा मलाई छोडेर पनि आज तमासा देखाउदै छौ, अझै माया गर्छु रे ? आधा रातमा मेरो घर अगाडी आएर किन बसेको, किन चिच्याको त्यस्तो मायालाई लाग्ने  रैछ भने पहिला किन मलाई सधै नराम्रो मान्छे जस्तो महसुस गराएको, अनि तिमिले त मलाई जिबनको दोबाटोमा एक्लै छोडेको होइन र बिर्सेउ ?  अब म त्यति मुर्ख पनि छैन, गन्तब्य हिनहरुसँग जिबनको साहारा माग्ने, आफ्नो ठानेको थिए तर फाइदा को हिसाब किताब नजर ले हेरेको रै’छौ… भयो अब चाहिदैन त्यस्ता मायहरु हासी- हासी जिउदै रेट्ने छुराहरु, मेरो निस्छल मनमा दाग लगा उने कुराहरु…।तिमी भन्थ्यौ – “यो जुनि त के सयौ जुनि कुर्छु भनेर्, भागवान कसम युगौ युग तिम्रै हुन्छु भनेर्” तर तिम्रो ब्यबहारले राम्ररी बताइ रहेको हुन्थ्यो ।

त्यसैले, मलाई राम्ररी थाहा थियो हाम्रो सम्बन्धको परिभाषा, नदीको दुइ किनार जस्तै, रोक्नै नसकिने भेल जस्तै, भात्किएको बाध जस्तै भइ सकेको थियो । म कति रोक्न खोज्थे तर तिमीले पछाडी नफर्की अघी बढ्नुलाई आफ्नो कर्तब्य ठान्यौ । के तिमीलाई थाहा छ मेरो मन भरी म तिम्रो कत्रो तस्बिर लिएर बाचेको थिए ।

के तिमी लाई थाहा छ ? तिम्ले छोडे पछीका कयौ दिनहरु मैले कसरी काटे, कहाली लाग्छ भन्न पनि कस्तो बिडम्बना जस्लाई माया गर्यो उसै सँग टाढा भएर बाच्नु पर्ने, जो मन पर्दैन उसै सग हात मिलाई हिंड्नु पर्ने ।

हरेक शनिबार पशुपतिनाथको दर्शन गर्न रुचाउने तिमी बन काली नजिकै मन्दिर पारीपट्टीको डिलमा बस्दै बादरहरुलाई मकै र परेवाहरुलाई चना दिन्थ्यौ । लाख कोसिस गर्दा पनि मेरो मन मान्दै मानेर म हरेक दिन पुरै जसो मन्दिर तिरै हुन्थे सिर्फ तिमी आउने आशमा, हरेक रातो पहिरन लगाउने स्त्री तिमी नै हौ कि जस्तो लाग्थ्यो जब होइन भन्ने थाहा हुन्थ्यो अनि मन भरी पिडा को जलन हुन्थ्यो । के यही दुख भोग्न गरे को थिए जबो २ अक्षर को प्रेम ।

तर, तिमी कहिले फकी आएनौ । कति माया गरेको मान्छे कति  निस्ठुरी बनेको ह्, मेरो अलि कती पनि माया लगेन्, कस्तो छुची भा’को तिम्रो तस्बिर हेर्दै, आखा भरी आसु बोक्दै मन भरी यस्तै यस्तै झझल्को आइरह्यो । भदौको महिना थियो, कहिल्री घाम कहिले पानी, कहिले अध्यारो बादल बोकी आकासै झार्ला जस्तो गड्यङ गुदुङ संगै  ठुलो बर्षा भयो । त्यही बर्षा सगै तिम्रो यादहरु साट्न मन लाग्यो ।

पानीका प्रत्यक थोपाले तिम्रो याद दिलाई दियो । पानीमा भिज्न मन पराउने तिमी, वरपर कोही पानीमा भिज्दा, तिमी नै पो हौ कि भनेर हेर्न भनि टढा टढा  सम्म पुग्थे तर परीस्थीति अर्कै भएपछी गह भरी आसु भन्दा अरु कुनै बिकल्प थिएन । छोडेरै गए पनि त्यती निस्ठुरी त हुनु पर्ने थिएन नि, के म मान्छे होईन र मेरो पनि मन छैन र ?

आज जिबन को यो मोडमा आएर तिमी संग भेट होला भनेर मैले कहिले सोचेको थिइन । मैले कुनै बेला तिम्रो लागी दुनिया भुले, जे गर्न पनि तयार भए तर तिमिले जाबो २ अक्ष्र र को प्रेम सम्म दिन सकेनौ । राम्ररी बुझेको छु, तिम्रो औकात । म कुन भ्रममा थिए, त्यसलाई प्रेम भन्दै  कयौ जिबनका अमुल्य पल रु गुमाए । त्यसको बदला निकै पिडा उपहार पाए मैले, भागवान कसम, यदि यो संसारमा कुनै अदृश्य शक्ति भगवानले देख्छ भने तिमीलाई पाप लाग्छ । मेरो आत्मा रोएको छ ।

यो काल्पनिक कथा हो कसैको जिबनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।…..

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्