गोरखा, ११ भाद्र २०७६ । स्थानिय सरकारको जिम्मेवारीसंगै पालुङटार नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सम्पुर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई नयाँ परिचयपत्र बितरण तथा नवीकरण गर्ने कार्यको शुभारम्भ गरेको छ ।

पालुङटार नगरपालिका वडा न ९ स्थित ब्रिदीबाट वडा अध्यक्ष भेज राज पाण्डेको अध्यक्षतामा, नगर प्रमुख ई दीपक बाबु कंडेलको प्रमुख आतित्थ्यतामा अपाङ्गता सिफारिस समितिका संयोजक नगर उप प्रमुख पम्फा बसेलको उपस्थितिमा नगर प्रमुखको हातबाट पालुङटार नगरपालिका वडा ९ का वडा अध्यक्ष भेज राज पाण्डे मार्फत पालुङटार नगरपालिका – ९ निबासी रसमाया कुमालको ४ बर्षिय छोरी मन्जली कुमाललाई पूर्ण अशक्त अपाङ्गता परिचय पत्र वितरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा आपपिपल अस्पतालका मेडिकल अफिसर डा सरोज पौडेल, प्रशासन प्रमुख दिपेन्द्र अर्याल, ईलाका प्रहरी प्रमुख गीता प्रसाद चौधरी, नगर स्वास्थ्य संयोजक सुनिल जंग ठकुरी, महिला तथा बालबालिका शाखाका ईन्दिरा पोखरेल, अपाङ्ग भएका व्यक्तिहरुको तर्फबाट शारदा देबकोटा वडा सदस्यहरु क्रमश संसारी तामाङ, लिला गुरुङ, भारती परियार, कृष्ण बहादुर अधिकारी र राम बहादुर लामाको उपस्थिति रहेको थियो ।

सोही अवसरमा कार्यक्रममा नबिकरणतर्फ विभिन्न बर्गका २१ जन र नयाँ १८ जनालाई परिचयपत्र वितरण गरिएको थियो । जसमा नयाँ परिचयपत्र बितरण संख्या-क बर्ग -४, ख बर्ग-४, ग बर्ग-५, घ बर्ग-५ गरी जम्मा -१८ र नवीकरण संख्या – क बर्ग -६, ख बर्ग- १३, ग बर्ग-०, घ बर्ग-२ गरि जम्मा -२१ गरि कुल जम्मा महिला -२४ पुरुष -१५ गरि जम्मा- ३९ जनाले प्रत्यक्ष अवसर प्राप्त गर्नु भएको हो ।

सोही कार्यक्रमको तालिका अनुसार घुम्ती कार्यक्रम अनुसार रुपले यहि भाद्र १२ गते पालुङटार नगरपालिका-७ आले बरा, भाद्र १४ गते पालुङटार नगरपालिका- ६ पौवाटार, भाद्र १८ पालुङटार नगरपालिका -खोप्लाङ भञ्ज्याङ्, भाद्र २५ गते पालुङटार नगरपालिका – २ अमले स्कुल र भाद्र २७ र २८ गते सम्म चल्ने छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्