गोरखा, २०७६ साल भाद्र ११ गते बुधबार । गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र रणसिंह दल गण, गोरखा (नेपाली सेना) को संयुक्त आयोजनामा “नेपालको उत्पत्तिदेखि जगसम्म” मुल नाराका साथ यहि भाद्र २५ गते बुधवारको दिन “लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” म्याराथुन दौड प्रतियोगिता २०७६ हुने भएको छ ।

उक्त म्याराथुन दौड प्रतियोगिता भाग लिन चाहनु हुने खेलाडी महानुभाबहरुले यहि भाद्र २३ सोमबारका दिनसम्म दर्ता शुल्क रु २००|- अक्षरुपी दुइ सय रुपैया सहित आफुलाई आएक पर्ने ठाउमा दरखास्त दिन अनुरोध गरेको छ ।

सम्पर्क कार्यालय :
गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र रणसिंह दल गण, (नेपाली सेना) गोरखा

प्रतियोगिता आयोजक मूल समिति

(क) गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त
(ख) पालुङ्गटार नगरपालिकाका प्रमुख ई दिपक बावु कंडेल
(ग) सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङ
(घ) श्री रणसिंह दल गण गणपति प्रमुख सेनानी उज्वल के सी रहनु भएको छ ।

म्याराथन दौडको रुट
जम्मा दुरी : ३८ कि.मि.

शुरु हुने स्थान : पालुङ्गटार नगरपालिका वडा नं. २, लिगलिगकोट

टर्निङ प्वाइन्ट : सिरानचोक गाँउपालिका वडा नं. ५, चित्रेपोखरी

अन्तिम हुने स्थान : गोरखा नगरपालिका वडा नं ६, गोरखा दरवार

पुरस्कार:
प्रथम पुरस्कार रु : १,५०,०००/-, मेडल तथा प्रमाणपत्र
द्वित्तीय पुरस्कार रु : १,००,०००/-, मेडल तथा प्रमाणपत्र
तृतीय पुरस्कार रु : ७५,०००/-, मेडल तथा प्रमाणपत्र
चौथो पुरस्कार रु : ५०,०००/-, मेडल तथा प्रमाणपत्र
पाँचौ पुरस्कार रु : ३५,०००/-, मेडल तथा प्रमाणपत्र
छैठौ पुरस्कार रु : ३०,०००/-, मेडल तथा प्रमाणपत्र
सातौँ पुरस्कार रु।:२५,०००/-, मेडल तथा प्रमाणपत्र
आठौ पुरस्कार रु।: २०,०००/-, मेडल तथा प्रमाणपत्र
नवौ रु।: १५,०००/-, मेडल तथा प्रमाणपत्र
दशौँ रु।: १०,०००/-, मेडल तथा प्रमाणपत्र

अन्य विवरण:
दरखास्त आवेदन खुल्ला : २०७६/०५/०१ गतेदेखी
दरखास्त दिने अन्तिम मिति : २०७६/०५/२३ गते
सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने : २०७६/०५/२४ गते
दौड संचालन हुने मिति र समय : २०७६/०५/२५ गते विहान ६:०० बजेदेखि
समापन तथा पुरस्कार वितरण कार्यक्रम : २०७६/०५/२५ गते

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्