काठमाडौँ, ११ भदौ २०७६ । नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ तराई÷मधेस दू्रतमार्ग’ निर्माण कार्य अबको साँढे तीन वर्षमा नै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

नेपाल सरकारले पाँच वर्ष र डीपीआर ( विस्तृत परियोजना रिपोर्ट) मा पनि २०८१ सालसम्मको अवधि राखे पनि अगाडि नै सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट बुधवार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले सरकार दिएको समयअवधि र डीपीआरमा उल्लेख मिति भन्दा अगाडि निर्माणकार्य सम्मन्न हुने दावी गर्नुभयो ।

काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग परियोजनाको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएको हप्तादिनपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– खोकना क्षेत्रका र्धािर्मक तथा पुरातात्विक सम्पदा जोगाउने गरी नयाँ रेखाङकन गरिएको छ ।

डीपीआरमा द्रूतमार्ग निर्माणको रेखाङकन नै नयाँ ढंगले गरिएकाले केही विवादित विषयहरू टुङ्गीएको छ । तर, केही स्थानहरूमा मुआब्जा समस्या रहेकाले जिल्ला प्रशासन कार्यालयहरूबाट समस्याको समाधान गर्ने प्रयास भइरहेको छ ।

ललितपुरको खोकनाबाट शुरु हुने द्रुतमार्ग मकवानपुर हुँदै बाराको निजगढसम्म चार लेनमा ७२.५ किलामिटर लम्वाई रहेको छ । काठमाडौँ तराई जोड्ने सबै भन्दा छोटो सडकमार्ग राष्ट्रिय आर्थिक विकासको मेरुदण्ड मानिएको छ ।

तीन वटा सुरुङमार्ग

यसैबीच, दु्रतमार्गको महादेवडाँडा मुनि ३.३५५ किलो मिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाडामा १.४३० किलो मिटर लम्वाई गरी ६.४१५ किलोमिटरका तीनवटा सुरुङ मार्ग निर्माण हुने छन् । डीपीआरले तीन वटा सुरुङ मार्ग प्रस्ताव गरेसंगै द्रुतमार्गको लम्वाई ७६ किलो मिटरबाट ७२ मा झरेको हो ।
यी सरुङमार्गहरु पनि आउने र जाने गरी छुट्टा छुट्टै रहेका छन् । तीन वटा सुरुङमार्ग जोड्न बीचमा दुईटा पुलहरु निर्माण गर्नु पर्ने छ । सडकको चौडाइ पहाडमा २५ मिटर र तराईमा २७ मिटलर हुने छ ।

सडक निर्माणको रेखाङकनमा परिवर्तन

आयोजना स्वीकृत डीपीआरले खोकना र सुरुङमार्ग निर्माण हुने ठिंगन–लेनडाडा ईलाकाको रेखाङकन परिवर्तन गरेको छ । यसअघि एडीवी ( एसियाली विकास बैंक) ले ती क्षेत्रमा सडम निर्माणको प्रस्ताव गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्