टोकियो, ११ भाद्र २०७६ । एनआरएन जापानको आगमि अगष्ट ८ तारिखमा हुने एन आर एन ए जापानको बरिष्ठ उपाध्यक्षमा सरोज कुमार खत्री उम्मेदवारी धोषणा गर्नु भएको छ ।

“सत्य समाज रूपान्तरण बौद्धिकताको पहल” नाराको साथ बरिष्ठ उपाध्यक्षमा सरोज कुमार खत्री उम्मेदवारी घोषणा गर्नु भएको हो ।

बिगत लामो समयदेखि जापान बस्दै आउनु भएका समाजसेबी एवम् एन आर एन जापानको कान्तो क्षेत्रको संयोजकदेखि बर्तमान कार्य-समितिमा उपाध्यक्ष भई सक्रियताका कामको अनुभब हॉंसिल गरी सक्नु भएका खत्रीले २०१९-२१ को लागी एन आर एन ए जापानको बरिष्ठ उपाध्यक्षमा दाबी गर्नु भएको जानकारी दिनुभयो । सिमपानी न्युजसंग कुराकानी गर्नुहुदै उहाले सधै झै तपाईहरुको साथ ,सपोर्ट र मायाको लागी फेरी पनी अनुरोध गर्दछु । यो एउटा सामाजिक अभियान हो, म निरन्तर छु र निरन्तर एन आर एन ए  को अभियानमा लागीरहनेछु । मेरो निरन्तरताको शक्ती बनीदिनुभएकोमा जापानबासी नेपाली दाजुभाई दिदीबहीनीहरु , पत्रकार मित्रहरु , ब्यबसायीहरु , बिधार्थी साथीहरु र अग्रजहरुमा धन्यबादसहीत फेरीपनी तपाईहरुकै निरन्तर साथ, सपोर्ट र मायाको लागी हार्दिक अनुरोध गर्दछु ।

जापानमा यतिबेला एन आर एन चुनावको माहोलले जापानबासी नेपालीहरुलाई तताएको छ साथमा मुख्य पदहरुमा उम्मेदवारहरुको आकांक्षीहरु पनि बढदो छ त्यसै क्रममा चुनावी प्रतिशप्रधालाई महत्वको साथ हेरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्