काठमाडौं, ११ भाद्र २०७६ । आज बुधबार  नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक बस्ने भएको छ । केन्द्रिय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको भ्रातृसंस्थालाई सक्रिय बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

बैठकले भ्रातृ संस्थाको विधान पारित र अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन तोक्ने वा तदर्थ समिति बनाउने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

उक्त बैठकमा नेताहरुबीच विघटित नेविसंघ, चार जना पदाधिकारीको भरमा चलिरहेको तरुण दल, दलित संघ, किसान संघ, आदिवासी जनजाती संघलगायतबारे छलफल हुने जनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन जारी गर्ने जनाएको छ ।

उहाले स्थानीय पार्टी कमिटीसँग समन्वय गरेर अघि बढ्न जनप्रतिनिधिलाई निर्देशन दिन लागिएको बताएका छन् । केन्द्रीय सदस्य प्रदिप पौडेलले बैठकमा पार्टीको जागरण अभियानबारे पनि छलफल हुने बताएका छन् ।

आगामी भदौ २४ गतेदेखि कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु हुँदैछ भने, यसअघि साउन २९ गते बसेको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेश गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्