टोकियो , बिश्वास आचार्य, २७ अगस्ट २०७६ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम भब्य र सब्यताका साथ जापनको टोकियोमा सम्पन्न भएको छ ।

कार्यक्रम औपचारिक रुपमा सपना क्षेत्रीले सन्चालन गर्नुभएको थियो ।

कार्यक्रमको सभापति समाजका अध्यक्ष गोपाल कण्डेलको प्रमुख अतिथि पत्रकार माहासंघ जापानका अध्यक्ष मोहन घले , बिशेष अतिथि सस्थाका सस्थापक अध्यक्ष किस्न प्रसाद अधिकारी , अतिथिहरु संयोजक गीता कन्डेल , NRNA जापानकी सदस्य संगिता अधिकारी , नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल , चितवन समाजका अध्यक्ष राजन श्रेष्ठ , यस समाजका सल्लाहाकार यादब के सी , सल्लाहाकार सुनिल सापकोटा , मातृसन्देश डट कमका प्रधान सम्पादक शन्त पहरी लगायत अन्ने सँग सस्थाका अध्यक्ष तथा प्रतिनिधि रहनु भएको थियो ।

नवलपरासी समाजले अगष्ट २६ तारिक टोकियोको नाकानो जिरो हलमा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल , गायक रमेश राज भटराई , सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के सी,निशा क्षेत्रीको प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराई दिनुहुने कार्यक्रमका प्रमुख अतिथि , बिशेष अतिथि , अथितिहरु , स्पोनसर , कार्यसमितिका साथीहरु लगायत कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल गराउन सहयोग पुर्‍याउने सबैमा समाजका अध्यक्ष गोपाल कण्डेलले धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्यबाट स्वागत सस्थाका महासचिब कृष्ण प्रसाद ढुङ्गाना गर्नुभयो भने सस्थाले गरेका कामहरु सस्थाका सचिब ॠषि पौडेल ले बुदागत रुपमा बताउनु भयो ।

कार्यक्रम को प्रत्यक्ष प्रसारण नवलपुर एफ.एम को आधिकारीक फेसबुक पेजबाट पनि गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्