गोरखा, २०७६ साल भाद्र १० गते मंगबार । लमजुङको राइनास नगरापालिका वडा नं ३ टिमुरेस्थित सिसौघारी शहरेफाँट र गोरखाको सिरानचोक जाड्ने चेपेखोलामा झलुङ्गे पुल निमार्ण गरिएको छ ।

६८ मिटर लम्वाई रहेको उक्त पुल ३४ लाख ८० हजार ७ सय ५२ रुपैयाको लागतमा निमार्ण सम्पन्न भएको हो । पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत, सामुदायिक विकास केन्द्र र नगरपालिकाको सहयोगमा पुल निमार्ण गरिएको हो ।

झोलुङ्गे पूल क्षेत्रगत कार्यक्रमबाट ३१ लाख ८० हजार, राइनास नगरपालिकाको २ लाख २५ हजार ५ सय ६४ रुपैया र ७५ हजार १ सय ८८ रुपैया वरावरको स्थानीय जनश्रमदान गरी कुल ३४ लाख ८० हजार ७ सय ५२ रुपैयाँ लागतमा निमार्ण सम्पन्न भएको  राइनास ३ का वडा अध्यक्ष स्वतन्त्र हमालले वताउनुभयो ।

बि स २०७६ साल बैशाख १ गतेबाट सुरु भएको पुलको निमार्ण कार्य यहि भाद्र महिनामा सम्पन्न भएको निमार्ण उपभोक्त समितिले जनाएको छ । उक्त पुलको आइतवार एक कार्यक्रमका विच राइनास नगरपालिकाका नगरप्रमुख सिहंवहादुर थापाले उद्घाटन गर्नुभयो । उपभोक्ता समितिको सक्रियतामा छोटो समयमा पुल निमार्ण भएकोमा खुसि व्यक्त गर्दै उहाँले सो क्षेत्रमा मोटरेवल पुल वनाउन पहल गर्ने वताउनुभयो ।

कार्यक्रमका सामुदायिक विकास केन्द्रका इञ्जिनियर गणेश जिरेल, वडाअध्यक्ष लगायत स्थानिय जनप्रतिनिधि र स्थानियवासीको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रम पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सुर्य सिर्मलको अध्यक्षतामा भएको थियो ।

उक्त पुलले सो क्षेत्रका स्थानियलाई जोखिम मोलेर चेपेखोला तर्नुपर्ने  र वर्खाको समयमा लामो दुरी पैदलयात्रा गरेर वारीपानी गर्नुपर्ने वाध्यता हटेको छ । पुल निमार्णलले राइनास नगरपालिका वडा नं २, ३ र ४ वासिन्दासँगै गोरखाको सिरानचोक गाउँपालिकाका वासिन्दा लाभान्वित हुने भएका छन् ।

खेतिपाति घाँस दाउराका लागि वारिपारि गर्ने सो क्षेत्रका नागरिकले चेपेखोलामा पुल निमार्णले वर्खा समयमा निकै सहज हुने भन्दै खुसी व्यक्त गरेका छन् ।

पुलले स्थानीय वासीहरुको दैनिक कार्य सम्पादनमा सहजता हुनुको साथै दुई जिल्लाका दुई पालिकाविच आवतजावत तथा अन्य कार्यलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्