गोरखा, १० भाद्र २०७६ ।चट्याङले मुख्य ट्रान्सर्फमरमा क्षति पुर्‍याएपछि गोरखा जिल्लामा साेमबारबेलुकादेखि विद्युत आपूर्ति बन्द भएको छ ।

साेमबार साँझ परेको चट्याङले गोरखा वितरण केन्द्रको ६र८ एमभीए क्षमताकाे ट्रान्सर्फमरमा क्षति पुर्‍याएको हो ।

३३ केभी प्रसारण लाइन जोडिएको मुख्य ट्रान्सर्फमरमै क्षति पुगेकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका इन्जिनियर कृष्ण कँडेलले जानकारी दिनुभयो ।

ट्रान्सर्फमर जलेको भए नयाँ ट्रान्सर्फमर ल्याएर जडान गर्न केही दिन लाग्नसक्ने गोरखा वितरण केन्द्रले जनाएको छ । गोरखा सदरमुकामसहित आसपासका झण्डै २० हजार ग्राहक विद्युत सेवाबाट वन्चित भएका छन् । विद्युत अवरुद्ध भएका कारण यहाँबाट प्रकाशन हुने दैनिक पत्रिका प्रकाशन हुन सकेका छैनन् भने केही रेडियोको प्रसारणसमेत बन्द भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्