एसयूभी वर्गकै पहिलो सुरक्षा र प्रविधिको विशेषतायुक्त

काठमाडौं, १० भदौ २०७६ । महिन्द्रा एन्ड महिन्द्रा लि (एमएन्डएम), २०।७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक अंग,ले आज नाडा अटो शो नेपालमा नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३०० ( एसयूभी थ्री डबल ओ उच्चारण हुने) सार्वजनिक गरेको छ ।

नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि रु ३९,७५,०००÷– र डिजेल डब्लू फोर वर्गका लागि रु ४१,२५,०००÷– तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट÷बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले भन्नुभयो –“एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर हो ।

आफ्नो बेजोड सुरक्षा विशेषता, प्रभावशाली सञ्चालन क्षमता र हाँक्नका लागि आरामदायक, थुप्रै वर्गमा पहिलो उच्च प्रविधियुक्त विशेषताहरू, ५ जना मानिसहरू बस्न मिल्ने पर्याप्त स्थान तथा अनुकूल र पूर्ण तयार (फिट एन्ड फिनिस) वर्गमा उत्कृष्टतासहितको एक्सयूभी ३०० सवारीसाधनमा मनोरञ्जनात्मक सवारी (फन टू ड्राइभ) गर्न मन पराउनेहरूलाई आकर्षित गर्नेछ भन्नेमा म विश्वस्त छु । एक्सयूभी ३०० कोरियाली प्रविधिसहित भारतीय नवसिर्जना र कुशलता मिश्रित साँचो विश्वस्तरीय उत्पादन हो ।”

बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भन्नुभयो– झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित छ र हामी आफ्ना ग्राहकहरूलाई अतिमकतम परिमाण उपलब्धन गराउनमा प्रतिबद्ध छौ । त्यसैले, हामी एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो ।

मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ । यो सवारीसाधन नेपालभरि रहेको हाम्रो सञ्जालमार्फत उपलब्ध हुनेछ ।”

एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८  मा उपलब्ध छ भने डब्लु ८  अफ्सनल प्याकमा पनि ।  यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने  एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्