चितवन, १० भाद्र २०७६ । सोमबार पाँच लाख धरौटीमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेको धन्यवाद सभा नारायणी नदी किनारमा सुरु भएको छ ।

लामिछानेले आफ्नो पक्षमा सडकबाट खबरदारी गर्न उर्लिएको जनसागरका लागि धन्यवाद सभाको आयोजना गरेका हुन् ।

पत्रकार लामिछाने साउन २० गते आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको अनुसन्धानमा पक्राउ परेका थिए ।

लामिछानेसहित आत्महत्या प्रकरणमा रविसँगै पत्रकार युवराज कँडेल र अस्मिता कार्की रुकु पनि पक्राउ परेका थिए । उनीहरू तीनैजना हिजो सोमबार जिल्ला अदालत चितवनले रिहा गरेको हो ।

अहिले नारायणी नदी किनारमा रविद्वारा आयोजित धन्यवाद सभामा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको चितवनस्थित हाम्रा संवाददाताले जनाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्