काठमाडौं, १० भाद्र् २०७६ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पाँच लाख धरौटीमा रिहा भएको टेलिभिजन प्रस्तोात रवि लामिछानेले समाचारका लागि कोहिबाट पैसा लिएको प्रमाणित भए पत्रकारिता छाड्ने बताएका छन् ।

मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनलाई सम्बोधन गदै सञ्चारकर्मी रवि लामिछानेले आफूले समाचारको लागि कोहि कसैबाट पैसा नलिएको दाबी गरेका छन् ।

सो सम्मेलनमा उनले भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । मलगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता नै छाड्दिन्छु ।’

रिस साँधेर आरोप लगाउन सजिलो भएको भन्दै लामिछानेले आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न निर्देशन दिनुभयो ।

उनले २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि जिकिर गरेका छन् । सोहि प्रसंगमा उनले भने, ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’।

लामिछानेले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको व्यक्तिगत दुश्मिनीबारेको प्रश्नमा भने, ‘श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएको हो । उनीसँग मेरो कुनै व्यक्तिगत रिसिइबी छैन्’। भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्