जापान, १० भदौ २०७६ । नवलपुर समाज जापानले महिलाहरूलाई नि:शुल्क दर खुवाउने भएको छ ।

स्थापनाकालदेखि बिगतका वर्षहरूमा झै हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर जापानमा बसोबास गर्नुहुने नवलपुरबासी लगायत सम्पूर्ण जापानबासी नेपाली महिलाहरूलाई नि:शुल्क दरखुवाउदै आइरहेको यस नवलपुर समाज जापानले बिगतका बर्षहरु झै यस वर्ष पनि आउँदो शनिवार August ३१- को दिन तीज मेला – २०७६ , को आयोजना गर्ने भएको छ ।

संस्थाले यसवर्ष पनि महिलाहरूलाई नि: शुल्क दर खुवाउने तथा चर्चित कलाकारहरूको साथमा बृहत् तीजको सांस्कृतिक धमाका गरी सम्पूर्ण जापानबासीहरूमाँझ रमाईलो गरी परदेशमा रहेपनि गाउँघरको झल्को मेटाउने कोसिस गर्ने संस्थाका अध्यक्ष सागर प्रसाद कंडेलले जानकारी दिनुभयो ।

उक्त बृहत तीज कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरू, रमेशराज भट्टराई , अमित सापकोटा , खेमराज पौडेल , सोना के सी , निशा क्षेत्री लगायत केहि आकर्षक नृत्य पनि रहेको संस्थाले जानकारी दिएको छ साथौ कार्यक्रममा उपस्थित हुनको लागी जापानबासी सम्पूर्णमा आव्हान समेत गरेको संस्थाका अध्यक्षले बताउनु भयो ।

कार्यक्रम

मिति – ३१, August २०१९ शनिवार
समय – बेलुकी ४:३० बजेदेखि सुरु
स्थान – Ajiwai Tokyo restaurant ( सुईदोबासी )
स्टेशनबाट २/३ मिनेट मात्र

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्