काठमाडौं, १० भाद्र २०७६ । नेपाल ओलम्पिक कमिटीको निर्वाचन समितिले सदस्य संघको प्रतिनिधिको नाम सोमबार सार्वजनिक गरेको छ । लोकभक्त राणा संयोजक रहेको निर्वाचन समितिले मतदान अधिकार प्राप्त प्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।

उम्मेदवारी दर्ता आज

नेपाल ओलम्पिक कमिटीको २० भदौमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता आज –मंगलबार) हुँदै छ । १९ सदस्यी कार्यसमितिका लागि निर्वाचन हुने छ । उम्मेदवारी दर्ताका लागि मंगलबार १० बजेदेखि २ बजेसम्मको समय निर्वाचन समितिले दिएको छ । उम्मेदवारको प्रथम नामावली प्रकाशन मंगलबार ३ बजे हुने छ । उम्मेदवारी फिर्ता गर्ने समय भने १२ भदौको १ देखि २ बजेसम्मको समय दिइएको छ । २० भदौमा ९ देखि २ बजेसम्म भने मतदान हुने तालिका सार्वजनिक भएको छ ।

समितिको सदस्यमा सुरेन्दबहादुर थापा र राधिका खतिवडा रहेका छन् । नेपाल ओलम्पिक कमिटीमा २७ वटा संघलाई मतदान अधिकार रहेको छ । ओलम्पिकको निर्वाचन २० भदौमा हुँदै छ । उम्मेदवारी दर्ताका लागि भने मंगलबार बिहान १० बजेदेखि २ बजेसम्म समय तोकिएको छ ।

समितिले मतदाता नामावली आइतबार प्रकाशन गरेको भए पनि नामावली उपर दाबी विरोध समय समाप्त भएपछि अन्तिम नामावली सोमबार ४ बजे प्रकाशन गरेको हो । अखिल नेपाल फुटबल संघबाट दीर्घबहादुर केसी, कवड्डीबाट तुलसा थापा, टेबलटेनिसबाट चतुरानन्द वैद्य प्रतिनिधि रहेका छन् । एथलेटिक्सबाट राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना प्रतिनिधि भएर आएका छन् । उनी ओलम्पिकको कार्य समितिमा समेत उठ्ने तयारी गरिरहेका छन् ।

आर्चरीबाट रमेश प्रसाद शिवाकोटी, ब्याडमिन्टनबाट रामजीबहादुर श्रेष्ठ, बास्केबलबाट होमबहादुर दोङ , बक्सिङबाट राम अवाले, साइक्लिङबाट गोपाल सुन्दर कक्षपती रहेका छन् । फेन्सिङबाट सुनिलकुमार श्रेष्ठ, जिमन्यािस्टकबाट धु्रव प्रधान, ह्यान्डबलबाट तेज गुरुङ, हक्कीबाट उमेश लाल श्रेष्ठ ओलम्पिक प्रतिनिधि रहेका छन् ।

जुडोबाट दिपकहर्ष बर्जाचार्य, करातेबाट पुरेन्द्रविक्रम लाखे, टेनिसबाट ज्योति राणा, ¥याफटिङ एन्ड क्यानोइङबाट राजीव श्रेष्ठ, सुटिङबाट पुष्पदास श्रेष्ठ छन् । स्कीबाट सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, पौडीबाट अशोक बर्जाचार्य, तेक्वान्दोबाट प्रकाश शमशेर राणा, ट्रायथलबाट निलेन्द्रराज श्रेष्ठ प्रतिनिधि छन् । भलिबलबाट मनोरञ्जन रमण शर्मा, भारोत्तलोनबाट रतनकुमार टन्डलन, कुस्तीबाट समिम मिया अन्सारी, उसुबाट केशव विष्ट, गल्फबाट टासी घलेको नाम सार्वजनिक गरिएको छ । राजधानी दैनिक

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्