के पी भट्ट

कनेक्टिकट अमेरिका २६ अगस्ट २०१९ । गत मे महिनामा सम्पन्न NRNA अमेरिकाको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले गत जुलाईमा पदभार ग्रहण गरे सगै विभिन्न च्यापटरमा पनि नयाँ नेतृत्वको  पद हस्तान्तरण  कार्यक्रम चलिरहेको छ ।

यसैक्रममा कनेक्टिकट च्याप्टरले एक कार्यक्रमको आयोजना गरी पद  हस्तान्तरण सम्पन्न  गरेको छ । एनआरएन कनेक्टिकट च्यापटरका निबर्तमान अध्यक्ष घनश्याम खड़काको सभापतित्वमा भएको थियो र उक्त कार्यक्रमका प्रमुख अतिथि  एनआरएन अमेरिकाका उपाध्यक्ष तथा उत्तर पुर्वि क्षेत्रीय समितिको सभापति  बाबुराम लामा हुनुहुन्थ्यो भने  एनआरएन न्युयोर्क च्यापटरका अध्यक्ष एवं उत्तर पुर्वी क्षेत्रीय समितिको सचिब रामहरि अधिकारी , हामी नेपाली ग्लोबल संस्थाका ग्लोबल अध्यक्ष अमृत लामा लगायत विभिन्न स्थानीय संघ सस्थाहरुबाट पाल्नु भएका अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नव-निवाचित अध्यक्षलाई पद हस्तान्तरण गराउनुको साथै च्यापटरका नयाँ कार्यसमितिका सबै एघार जना पदाधिकारीहरुलाई प्रमुख अतिथिबाट सपथ ग्रहण गराईएको थियो । त्यसैगरी  सबै पदाधिकारीहरुलाई आ-आफ्नो ओहोदाको प्रमाणपत्रहरु पनि प्रदान गरिएको थियो ।

आगामी (2019-2021) कार्यकालका  लागि भएको चुनावमा कनेक्टिकट च्याप्टरको नेतृत्वको लागि निर्वाचित  भएका अध्यक्षमा हरि प्रसाद जोशी  लगायत च्याप्टरको कार्यसमितिको उपाध्यक्षमा मुना तिवारी,  सचिबमा के पी भट्ट , कोषाध्यक्षमा नारायण दत्त मिश्र , महिला संयोजकमा शुशिला कार्की, युवा संयोजकमा यज्ञ राज जोशी सहित  बोर्ड सदस्यहरुमा नमुना अयार्ल , सुनिता चापागाईं पाण्डे,  हरि पन्थ , श्याम बाबू कार्की र बिजेन्द्र बहादुर  मल्ल चयन हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि  बाबुराम लामा , एनआरएन न्युयोक च्यापटरका अध्यक्ष  रामहरि अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष एवं च्याप्टरका प्रमुख सल्लाहकार राम ओझा , हार्टफोर्ड काउन्टी एभरेस्ट सेन्टिनियल लायन्स क्लबका अध्यक्ष माधव आत्रेय , जनसम्पर्क समिति कनेक्टिकट च्यापटरका सभापति यादव दुलाल , नेपालिज एसोसिएसन अफ कनेक्टिकट ( नेकोन) का प्रमुख सल्लाहकार अशोक श्रीवास्तब लगायत अतिथिहरु एवम स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु हुदै एनआरएन कनेक्टिकट च्यापटरका नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुभएका विभिन्न संघ सस्थाका अध्यक्षहरुबाट आ- आफ्नो सस्थाको तर्फबाट  नयाँ कार्यसमितिलाई पठाईएको बधाई एवं कार्यकाल सफलताको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।

शुभकामना सन्देश पठाउनेहरुमा सोसाइटी अफ नेपालिज इन अमेरिका (एस एन ए ), एन आर एन म्यासाचुसेट्स च्याप्टर, न्यु ह्याम्पसायर च्याप्टर,  न्यु जर्सी च्याप्टरका अध्यक्षहरु एवम् आई सि सि मेम्बर तृष्णा शर्मा काफ्ले हुनुहुन्थ्यो । उक्त पद हस्तान्तरण कार्यक्रमका दोस्रो चरणमा कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका नव निर्वाचित अध्यक्ष हरि प्रसाद जोशीले उपस्थित सबै सदस्यहरु एवं महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्