काठमाडौं, ९ भाद्र २०७६ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजनाको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आज नै थुनछेक बहस भएको थियो । बहसमा वादी र प्रतिवादीका गरी २० भन्दा बढी कानुन व्यवसायी सहभगी थिए ।

बहसपछि अदालतले आजै साँझ ६ बजे थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ ।

आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।

रविको समर्थनमा प्रदर्शन हुने देखेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ भने पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्