सुर्खेत, ७ भाद्र २०७६ । कांग्रेस सभापति शेरबहादुर देउवाले देश ‘कम्युनिस्ट स्टेट’ कम्युनिस्ट शासन व्यवस्था तिर अघि बढेको बताएका छन् । विचार तथा अभिव्यक्ति स्वतन्त्रा, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामाथि धावा बोल्दै सरकारले साम्राज्यवादी शैली अंगिकार गरेको उनले आरोप लगाएका छन् ।

‘जताततै डर–त्रास छ, पत्रकारले समेत स्वतन्त्रपूर्वक लेख्न पाउने अवस्था छैन,’ सुर्खेतमा शुक्रबार आयोजित पार्टीको प्रादेशिक प्रशिक्षण कार्यक्रममा उनले भने, ‘अरू त अरू, मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप भएको छ । अब कहाँ रह्यो लोकतन्त्र रु’ सरकारको कार्यशैलीले देशमा खतराको संकेत गरिरहेको बताउनु भयो ।

सभापति देउवाले यस्तै अवस्थाबाट देश अघि बढे कांग्रेसले पूर्ण लोकतन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्ने बताउनु भयो  । २००७ सालयताका हरेक आन्दोलन पूर्ण लोकतन्त्रका लागि भए पनि त्यसअनुरूप जनताले प्रत्याभूति गर्न नपाएको उनको भनाइ थियो । पूर्ण लोकतन्त्रका लागि संघीय गणतन्त्र ल्याए पनि सरकारले संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको भनाइ उनको थियो । ‘अब कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्नेछ,’ उनले भने, ‘अन्तिम लडाइँका लागि तपाईंहरू तयार रहनुहोला ।’

सभापति देउवाले अर्को प्रसंगमा आफ्नै पार्टीमा अनुशासनहीनता मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । अनुशासनहीन काम गर्ने जोकोहीलाई कारबाही गरिने पनि उहाले बतानु भयो । ‘जुन पार्टीमा अनुशासन छैन, त्यो कसरी चल्छ रु’ प्रदेशभरका महाधिवेशन प्रतिनिधि र अगुवा कार्यकर्ताले खचाखच हलमा, ‘अनुशासनहीनलाई कारबाही गर्नका लागि सहमति आवश्यक पर्दैन । प्रमाणका आधारमा कारबाही अघि बढाइन्छ ।’ चुनावी पराजयलाई बिर्सेर एकताबद्ध भई अघि बढ्न पनि उनले कार्यकर्तालाई निर्देशन दिनु भयो ।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र नेता पूर्णबहादुर खडकालगायतले पार्टीलाई गुटमुक्त बनाउँदै आगामी निर्वाचनमा ‘एक नम्बर’ पार्टी बनाउने गरी संगठन निर्माणमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिनु भएको छ  ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्