काठमाडौं, ७ भाद्र २०७६ । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए ।

साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए ।

उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्