गोरखा ६ भदौ २०७६ । गोरखाको चुमनुव्री गाउँपालिका–३ जगत स्थित बुढीगण्डकीमा डुवेर एक युवक बगेर बेपत्ता भएका छन् । आज दिउसो करिब पौने १ बजे नदी पौडीएर पारी तर्ने क्रममा युवकलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा पश्चिम रुकुम आठबिसकोट नगरपालिका–५ का २३ बर्षिय नेत्र बहादुर सार्की रहेको एसपी अधिकारीले बताउनुभयो। ‘ रबरको ट्युवको साहायताले पार तर्न भन्दै नदीमा पसेका रहेछन्, उहाँले भन्नुभयो, नदीमा पानीको वहाव बढी भएकाले बगाएको हुनसक्छ ।’

बेपत्ता भएका सार्की आरुघाट–लार्के सडकखण्डमा सडक निर्माणको काम गर्दै आएका थिए । घटनाको जानकारी प्राप्त भए लगत्तै नदीमा बेपत्ता उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्