जापान, ६ भाद्र २०७६ । “मौलिक भाषा, धर्म, संस्कृति र कलाको संरक्षण, हाम्रो अभियान” भन्ने मुल नाराका साथ मिति २५ अगस्ट २०१९ बेलुकी ५ जापानको टोक्यो रोधी घर शिनोक़ुबोमा “डम्फु साझ” हुँने भएको छ ।

नेपाल तामाङ समाज जापानद्वरा आयोजित डम्फु साझ २०१९ मा नेपालबाट कलाकारहरु गायिका मिङ्स लामा, हास्य कलाकार ( हल्के हल्दार) इन्द्र दोङ तामाङ (खम्बे) , मोडल तथा उद्दघोषिका लक्ष्मी तामाङ जापान पुगी सकेका छन ।

अथिती कलाकारहरुको साथमा स्थानीय कलाकारहरु गायक राजिब गोले , आर।के। स्याङ्दान , लोब्साङ तामाङ , शर्मिला तामाङ, नृत्यङ्गना जोनी तामाङको पनि बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्