कास्की , ६ भाद्र २०७६ । नेपाली कांग्रेसले उप-निर्वाचनको तयारी थालेको छ ।

कांग्रेसले मुख्यगरी प्रतिनिधि सभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको तयारी थालेको हो ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनका लागि प्रतिनिधिसमेत खटाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति कास्कीको बिहीबार बसेको बैठकले निर्वाचनका लागि प्रतिनिधि खटाएको हो । उप-निर्वाचनमा पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव देवेन्द्र रानाभाट, ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे र पोखरा–७ मा सहसचिव रङ्गिला आचार्यलाई उपनिर्वाचन प्रतिनिधि तोकिएको छ ।

त्यसैगरी, पोखरा–१५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई पनि उपनिर्वाचन प्रतिनिधि तोकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्