के पी भट्ट कनेक्टिकट अमेरिका अगस्ट २१ । गत मे महिनामा सम्पन्न एन आर एन ए अमेरिकाको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले गत जुलाई मा पदभार ग्रहण गरे सगै विभिन्न च्यापटरमा पनि नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रम चहिरहेको छ ।

यसैक्रममा कनेक्टिकट च्यापटरले आगामी अगस्ट २५ मा पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ ।

एनआरएन कनेक्टिकट च्यापटरका निबर्तमान अध्क्षय घनशयाम खड़काले हामीलाई जानकारी दिनु भयो । च्यापटरबाट जारी गरिएको प्रेस विज्ञयप्ति यस्तो रहेको छ ।

सूचना मिति : अगस्ट 14, 2019

कनेक्टिकटवासी एवं सम्पुर्ण गैर आवासीय नेपाली संघ , अमेरिकाका सदस्यज्युहरुमा हार्दिक निमन्त्रणा !

आदरणीय NRNA सदस्य महानुभावहरू,

गत मे महिनामा सम्पन्न NRNA को निर्वाचनबाट निर्वाचित NRNA , NCC को च्याप्टरहरुको नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रमहरु देशैभरी क्रमबद्ध रुपमा भइरहेको र त्यसै क्रममा हाम्रो कनेक्टिकट च्याप्टरको नयाँ कार्यसमितिका निर्वाचित तथा मनोनित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रमको आयोजना यहि अगस्ट २५ मा गरिन लागेको जानकारी गराउन चाहन्छौ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका उत्तर पुर्वी क्षेत्रीय उपाध्यक्ष श्री बाबुराम लामाको प्रमुख आतिथ्य एवं महासचिव श्री पशुपति पाण्डेको विशेष आथित्यमा हुने उक्त सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण कनेक्टिकट निवासी एवम् NRNA सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

मिती : अगस्ट 25, 2019 आइतबार
समय : 2:30 PM
स्थान:
Himalayan Restaurant
1211/1213 Farmington Ave.,
Berlin , CT 06037

आयोजक:
गैर आवासीय नेपाली संघ ,
कनेक्टिकट च्याप्टर निबर्तमान कार्यसमिति

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्