गोरखा, ४ भाद्र २०७६ । पत्रकार रबि लामिछानेको समर्थनमा गोरखा सदरमुकाममा पनि प्रर्दशन गरिएको छ ।

रबि लामिछाने समर्थक संघर्ष समितिको आयोजनामा आज बुधबार सदरमुकाममा रबि समर्थकहरुले रयाली गर्दै रबि लामिछानेलाई रिहाइ गर, दोषीलाई कारवाही गर, निर्दोषलाई न्याय दे, शालिग्राम पुडासैनी हत्याको निश्पक्ष छानविन गर भन्दै नारा लगाउदै गोरखा बजार परिक्रममा गरेका थिए ।

सदरमुकामको विपी चोकबाट शुरु भएको रयालीले बसपार्क, शक्तिचोक, कालिमाटी बजार हुदै लोकतान्त्रिक चोक पुगेर पुन पुरानो बसपार्क पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई मिलन सिं बस्नेत, दिल बहादुर बस्नेत र कुलमान सिं बस्नेत लगायतले संम्बोधन गर्दै शालिग्राम पुडासैनीको हत्यामा निर्दोषलाई फसाएर दोषी उम्काउने प्रयास भएको भन्दै सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न भनेका थिए ।

रीयालीमा १ सय ५० जना भन्दा बढी सर्व साधारणहरुको सहभागिता रहेको थियो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्