गोरखा, ४ भाद्र २०७६ । विद्यालयका कर्मचारीको मृत्यु भएपछि गोरखाको मनकामना बहिरा मावि ९ दिनदेखि बन्द भएको छ । विद्यालय छात्रवासको आया श्यामहरि घिमिरेको मृत्यु भएपछि उनका आफन्तले विद्यालयमा ताला लगाएका छन् ।

विद्यालय बन्द हुँदा गत आइतबारदेखि हुने भनिएको पहिलो त्रैमासिक परीक्षा पनि हुन नसकेको विद्यालयका प्रधानाध्यापक अनील अम्गाईले जानकारी दिए । ‘हाम्रा कर्मचारीको रहस्यमय मृत्यु भएको भोलिपल्टदेखि विद्यालय बन्द छ’, अम्गाईले भने, ‘गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा गत आइतबारदेखि पहिलो त्रैमासिक परीक्षा भएको छ तर हाम्रोमा हुन सकेन ।’

विद्यालयमा गत हप्ता स्थानीयबासीले ताला लगाएका थिए। घिमिरेको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न दबाब दिन उनीहरुले ताला लगाएको स्थानीय सुवास घिमिरेले बताए । लामो समयदेखि विद्यालय बन्द हुँदा त्यहाँ अध्ययनरत ११९ जना विद्यार्थीको पठनपाठनबाट बञ्चित भएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्