काठमाडौं, ४ भाद्र २०७६ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकि पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् । निकिता पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिनुभयो

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो (मंगलबार) रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै अनुसन्धानको लाथि थप सयम माग गरेको थियो ।

अदालतले प्रहरीलाई रवि लगायतका तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए

उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्