काठमाडौं, ३ भाद्र २०७६ ।सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगमा मृत भेटिएका कर्मचारी बच्चुराम केसीले आत्महत्या गरेको बुझिएको छ ।

मंगलबार बिहान सिंहदरबारमै मृत फेला परेका केसीको साथबाट सुसाइड नोट फेला परेसँगै आत्महत्या गरेको बुझिएको हो । सुसाइड नोटमा उनले कसैलाई दोष नलगाइ आफ्नै कारणले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेको बताइएको छ । जहाँ उनले घर खर्च चलाउन नसकेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले नोटमा लेखिएको छ, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’

शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्