तनहुँ, १ भदौ २०७६ । कुमाल समुदायको संस्कृति सङ्ग्रहालयमा हेर्न पाईने भएको छ । कुमाल समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडामा कुमाल सङ्ग्रहालय निर्माण गरिएको छ ।

सङ्ग्रहालय निमार्णको लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।

परापूर्वकालदेखि प्रयोगमा ल्याइएका चर्खा, घैटो, जाल ढडियालगायतका सामाग्री सङ्ग्रहालय संरक्षित गरिने निर्माण समितिका सचिव कुलबहादुर कुमालले जानकारी दिनुभयो ।

सचिव कुमालका अनुसार सङ्ग्रहालयमा कछाड, भोटो, कालो गुन्यु, चालोजस्ता सामाग्रीहरुलाई प्रदर्शनमा गरिने भएको छ ।

बढ्दो आधुनिकतासँगै आफ्नो संस्कार संस्कृति लोपन्मुख अवस्थामा पुगेपछि पछिल्लो पुस्ता तथा अन्य जातिलाई पनि कुमालको मौलिक परम्पराबारे जानकारी लिन सङ्ग्रहालय निर्माण गर्न लागिएको समितिको भनाई छ ।

प्रदेश सरकारले सङ्ग्रहालय निर्माणका लागि दशलाख रुपैयाँ बजेट विनियोजन गरेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।

किमलडाँडामा कुमाल समुदायको बाक्लो वस्ती रहेको छ ।

कुमाल समुदायको झण्डै एकसय ५० घरधुरी रहेको छ । यहाँ लोप हुँदै गएका कुमाल समुदायको सांस्कृतिक वस्तुहरुको सङग्रह गरिने छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्