काठमाडौं, १ भदौ २०७६ । कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले नेकपाको सरकार आगामी निर्वानससम्मका लागि मात्र भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा डा. रिजालले सो कुरा बताएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावसम्म जनताले आफूलाई जिम्मेवारी दिएर पठाएकोले त्यसबेलासम्म आफू नै प्रधानमन्त्री रहने अभिव्यक्ति दिएपछि सांसद रिजालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीको भनाइलाई काउन्टर दिँदै रिजालले भने, ‘ठीक हो प्रधानमन्त्रीज्यू, यस्तो काम गरेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरू कसैको सरकार बन्नै सक्दैन नि !’
एकपटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि पाउने लाइसेन्स कसैलाई प्राप्त नहुने रिजालको भनाइ थियो । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्न नउठाउन आग्रह गरेलगत्तै रिजालले प्रधानमन्त्रीलाई सो कुरा बताएका हुन् ।

जवाफमा सांसद रिजालले एकपटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि लाइसेन्स नपाइने बताए । उनले लोकतन्त्रका लागि सरकार लडेको नभई लोकतन्त्रका लागि लडेका जनताले सरकार बनाएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो, प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको सम्मान गर्छु । तर भिन्नता हेक्का रहोस् प्रधानमन्त्रीज्यू, सरकार लडेको होइन, लडेको मान्छेहरूले बनाएको सरकार होला ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्