चितवन, १ भदौ २०७६ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरिक्षक दान बहादुर मल्लले पत्रकार शालिग्राम पुडासैनी प्रकरणबारे अनुसन्धान जारी रहेको अवस्थामा प्रदर्शन नगर्न सर्बसाधारणलाई आग्रह गर्नुभएको छ ।

पत्रकारसङ्ग कुरा गर्दै एसपी मल्ले हिंसात्मक प्रदर्शन गर्न खोजे प्रहरी बल प्रयोग गर्न बाध्य हुने पनि बताउँनु भयो । साथै उहाँले पुडासैनी घटनासंग असान्दर्भिक केही तस्बिर र भिडियोहरुलाई समेत घटनासंग जोडिएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको पनि जनाउँनु भयो ।

प्रहरी प्रमुख मल्लले चितवनको सुरक्षा व्यवस्था झन कडा पारेको बताउँनुभयो । उहाँले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताउँनुभयो ।

शुक्रवार जिल्ला अदालत चितवनले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।

रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका क्रममा पटक पटक झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए । कालिकाको साथमा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्