जापान, ३२ साउन २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने बताएका छन् । उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय छन् । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन् । श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने योजना बनाएका छन् ।

उनले उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गरेका छन् । संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्स मार्फत नेपाल भित्रिने गरेको  र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ भन्ने उनको भनाइ रहेको छ । उनले सो कोषको संचालनका लागि निमावली तथा कार्यविधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेको जानकारी दिए ।

उनले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गरेका छन् । संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसका बिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ श्रेष्ठले भने ।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । उनले जापानकोग्लोबिस विश्वविधालयबाट MBA को अध्ययन पनि गरेका छन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविधालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् ।

जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापान का प्रोमोटर एवं सल्लाहकार , CE HUMAN RESOURCES कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत रहेका छन् ।

उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् । उनले सिटी एक्सप्रेस ग्रुपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी , आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा प्रोमोटर एवं डाइरेक्टरको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

महेश कुमार श्रेष्ठ

आईसीसी सदस्य एनआरएनए (कोषाध्यक्षको प्रतिस्प्रर्धी )

एनआरएनएलाई कसरी बुझ्ने र यो अभियान कसरी अगाडि बढ्दै छ ?

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजी देखि वर्तमान अध्यक्ष भवन भट्टजीसम्मले एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको देखिन्छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोजीले संगठन विस्तार गरि एनआरएनएको अन्तराष्ट्रिय संजाल विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

त्यसैगरी देवमान हिराचनजीले एनआरएनएमा हामी भन्ने सामुहिकताको भवनाको विकास गर्नुभएको थियो भने जीवा लामिछानेजीले एनआरएनएलाई वैधानिक रुपमा नेपालमा दर्ता गर्ने काम र सामुहिक लगानीको लागि योगदान गर्नु भएको थियो । यस्तै पुर्ब अध्यक्ष शेष घलेजीले ‘भिजन २०२० एण्ड बियोण्ड’ को अबधारणा ल्याई एनआरएनएको संस्थागत संरचनामा महत्वपूर्ण योगदान दिनुभयो भने अध्यक्ष भवन भट्टजीले ‘सवै हात एकै साथ’को नारालाई अगाडि सार्दै एनआरएन केन्द्रीय कार्यालय भवन, लाप्राक बस्ती, शंखमूल पार्क जस्ता महत्वपूर्ण आयोजना सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यसप्रकार एनआरएनए अभियान सन् २००३ देखि हालसम्ममा विभिन्न आरोह–अबरोह पार गर्दै क्रमिक रुपमा संगठनिक बिकास गर्दै अगाडि बढेको छ ।

यहाँले एनआरएनएको कोषाध्यक्षमा नै उम्मेदवारी घोषणा गर्नुभएको छ, यहाँको उम्मेदवारी किन ?

म एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने लागेर नै उम्मेदवारी घोाषणा गरेको हुँ ।

कोषाध्यक्षले संस्थाको आर्थिक पाटो हेर्नु पर्ने हुन्छ र संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नित्तान्त आर्थिक कारोबार गर्नु पर्ने हुन्छ ।

म आफू बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले मा यस पदको लागि आफ्नो उमेदवारी दाबी गरेको हो ।

कोषाध्यक्षको उम्मेदवारीका लागि के–कस्ता एजजेण्डाहरु तय गर्नुभएको छ ?

म कोषाध्यक्ष भए भने सर्बप्रथम मैले गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने मेरो योजना रहेको छ उक्त कोषमा पैसा संकलन र कोष संचालनको प्रक्रियाका संबन्धमा संवन्धित पक्षहरुसंग सकारात्मक कुराकानी भैरहेको छ ।

संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिने र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा  उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ ।

उक्त कोषको संचालनका लागि निमावली तथा कार्यविधि बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेकोछ ।

एनआरएनएमा तपाइको योगदान के छ ?

स्थापना कालदेखि नै एनआरएनए जापानमा सक्रिय भूमिका खेल्दै आइरहेको छु र सन् २००७ देखि लगातार एनआरएनएको केन्द्रिय विधान समितिमा बसेर कम गरिरहेको छु र त्यसैगरी एनआरएनएको लगानी सम्बन्धी समितिमा रही २०१३ सालदेखि सक्रिय योगदान दिइरहेको छु ।

एनआरएनएको सामुहिक लगानीको अबधारणा अनुसार निर्माण गरिएको एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निर्देशक भएर काम गरिरहेको छु । हाल एनआरएनएको केन्द्रिय सदस्य, नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (2017-2019) को संयोजक, एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (2017-2019) को क्षेत्रिय संयोजक तथा व्यापार तथा लगानी प्रवर्धन समिति (2017-2019) को सह संयोजकको रुपमा योगदान दिईरहेकोछु ।

एनआरएनए अभियानमा योगदान :

१ केन्द्रिय सदस्य NRNA (2017-2019)

२ संयोजक: नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (2017-2019)

३। क्षेत्रिय संयोजक: एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (2017-2019)

४ सदस्य : एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (2007-2009 र 2013-2017)

५ सह संयोजक : व्यापार तथा लगानी प्रवर्धन समिति (2017-2019)

६ सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति (2013-2017)

 बिदेशमा बस्ने नेपालीको हितमा अन्य के काम गर्नु भयो ?

नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको छ । उक्त धारा बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण छ । उक्त धाराले बिदेशमा स्थायी भिसा लिएर बस्नुहुने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार खोसेको छ । मैले संविधानको उक्त धाराको विरुद्धमा सर्बोच्च अदालतमा रिट हालेको छु र म गैर आवासीय नेपालीहरुको हक हित र अधिकारको लागि निरन्तर लडिरहेको छु ।

एनआरएनएको भावी कार्यदिशाहरु के–के रहेका छन ?

भिजन २०२० एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो ।विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग , क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढि गैर आवासीय नेपालीहरुको साझा संगठन रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आमूल परिवर्तन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । एनआरएनएमा देहाय वमोजिमका आधार स्तम्भहरुको निर्माण गरी एनआरएनएको सांगठनिक संरचनामा परिवर्तन गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

मुख्य आधार स्तम्भहरु (Main Institute):

1NRNA Foundation

2 NRNA policy institute

3 NRNA knowledge and skill Academy

4 NRNA businesses and Investment Forum

5 Migration and Foreign Workers Welfare committee

त्यसैगरी Women and Youth Forum जस्ता अन्य सहायक स्तम्भहरु पनि आबश्यकता अनुसार निर्माण गर्दै जानु पर्दछ ।

उपरोक्त इन्स्टिच्युटहरुको निर्माण गरी तिनीहरुलाई अधिकारसंगै पूर्ण जिम्मेवारी दिइनु पर्दछ । त्यसै गरी केन्द्रीय सचिवालयलाई अझ प्रभावकारी ढंगले संचालन गरिनु पर्दछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्