काठमाडौं, ३१ साउन २०७६ । न्यूज २४ नेपाल टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेसँगै कलाकारहरु देखि आमजनताले निष्पक्षरुपमा छानविन हुनुपर्ने भन्दै आ–आफ्नो धारणा सामाजिक संजालमार्फत राखिरहेका छन्।

यसैबीच कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले पनि पुडासैनी आत्महत्या प्रकरण आफ्नो प्रतिक्रिया फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

कलाकार सिताराम कट्टेलले आज सामाजिक सञ्जाल फेसबुक मार्फत निष्पक्ष छानबिन थग.गर्न माग गरेका छन् उनले लेखेका छन् – ‘’अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हिरासतमा लिएको छ । यसले सत्यतथ्य छानबीन गर्न थप मद्दत गर्ने छ’, कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् । सत्यको जित होस । शुभ दिन ’’

त्यस्तै कलाकार कुन्जानाले लेखेकी छिन् – ‘’अनुसन्धानको लागि रबि दाइलाई प्रहरीले हिरासतमा लिएको छ आसा छ सत्य तथ्य पत्ता लाग्न थप मद्दत पुग्नेछ ।’’

चितवन प्रहरीले काठमाण्डौँ प्रहरीको सहयोगमा विहिवार न्युज २४ को कार्यालयबाटै रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गरेको हो भने नर्स अस्मिता कार्कीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको थियो । लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्