नेपाली कांग्रेसको जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टी सभापति शेरबहादुर देउवालाई खुम्च्याउने रणनीति तयार पार्न शीर्ष नेताहरुले लबिङ सुरु गरेका छन्। यसले पार्टी सभापति शेरबहादुर देउवालाई सकस हुने देखिएको छ ।

असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा हुन लागेको जिल्ला सभापतिहरूको भेलामा पार्टीको यो अवस्थाको कारक संस्थापनलाई नै बनाउने योजना रहेको छ।

लामो समयदेखि जिल्ला सभापति तथा महासमित बैठक हुन नसकेको भन्दै पार्टी सभापति शेर बहादुर देउवालाई रामचन्द्र पौडेल र गगन थापा समूहले आलोचना गरेपछि उक्त भेला हुने भएको छ। जिल्ला सभापति भेलाको समय तोक्ने वित्तिकै पार्टी नेतृत्वप्रति असन्तुष्ट दुई समूह सभापति देउवालाई खुम्च्याउने रणनीतिमा लागेका छन्।

पौडेल समुहसँग केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासलामिति सदस्य कहीँ पनि बहुमत छैन। तर, निर्वाचनमा बेहोरेको पराजय, कमजोर पार्टी संरचना र नीतिगत विषयलाई उठाउँदै संस्थापन पक्षलाई थप घेराबन्दीमा पार्ने रणनीतिमा लागेको छ। १४औं महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन संस्थापनका कमजोरीमाथि निरन्तर खेल्ने रणनीतिमा भने थापा समुह छ।

कमजोर चुनावी रणनीतिको विषय उठाएर कांग्रेसको मुख्य नेतृत्वलाई खुम्च्याउने रणनीति युवा नेताहरुले सुरु गरेका छन्। जिल्लाहरुमा पुगेर भेलामा कस्ता खाले एजेण्डाहरु उठाउने भनेर आफुहरुले अनौपचारिक रुपमा जिल्ला सभापतिसँग छलफल गरिरहेको बताउँछन् कांग्रेस युवा नेता प्रदीप पौडेल।

 

वैशाख १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको थियो। त्यसपछि पार्टी नेतृत्व गरिरहेका शेरबहादुर देउवा समूह, पार्टी नेतृत्वप्रति असन्तुष्ट रामचन्द्र पौडेल र पार्टीमा युवाको नेतृत्व हुनुपर्छ भनेर आवाज उठाउने गगन थापा समुह गरि तीन समूह सकृय देखिएका छन्।

 

 

अझै विभाग र समिति गठन भएन

जिल्ला सभापती राष्ट्रिय भेलाअघि नै विभाग र समिति गठन गर्न सभापति देउवालाई सकस भएको छ। पार्टीभित्र आफ्नो आलोचना भएपछि सभापति देउवा पार्टीको विधानबमोजिम विभाग र समिति बनाउन लागेपनि पुरा गर्न सकेका छैनन्।

१३औं महाधिवेशन भएको दुई वर्षभन्दा बढी समय बितिसक्दासम्म पनि विभाग र समिति गठन हुन नसकेपछि देउवाको आलोचना हुँदै आएको छ। एक महिनाअघि मात्रै पार्टीका पदाधिकारी मनोनीत गरेपछि सभापति देउवाले विभाग र समिति गठनबारेमा छलफल थालेपनि त्यसले पूर्णता पाएको छैन।

असारको पहिलो हप्ता हुने जिल्ला सभापतिको भेलाअघि नै सभापति देउवा केही प्रमुख समिति र विभाग गठनको प्रयासमा छन्। वैशाख १६ मा सकिएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिसमेत गठन गर्ने निर्णय गरेको थियो।
यसबाहेक कांग्रेसले कोष निर्माण तथा सञ्चालन समिति, अञ्चल समन्वय समिति, प्रदेश समिति र काठमाडौं उपत्यका समन्वय समिति गठन गर्नुपर्नेछ।

कांग्रेसले २८ ओटा विभागसमेत गठन गर्नुपर्ने व्यवस्था छ। जसमा संगठन विभाग, अन्तर्राष्ट्रिय समन्वय विभाग, संसदीय, स्थानीय निकाय, प्रचारप्रसार, महिला, विद्यार्थी, तरुण, पेसागत तथा बुद्धजीवी, संस्कृति, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं समाजिक सेवा, अनुसन्धान तथा अभिलेख, उद्योग व्यापार, यातायात तथा व्यवसाय, कृषि तथा सहकारी, संवैधानिक तथा कानुनी, आदिवासी तथा जनजाति, अनुगमन तथा मूल्यांकन, खेलकुद, प्रकति स्रोत, प्रशासन, श्रमिक, नेपाली जनसम्पर्क समन्वय, वैदैशिक रोजगार समन्वय, भूपू सैनिक दलित र द्वन्द्व व्यस्थापन विभागको व्यवस्था छ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्