गोरखा, ३१ साउन २०७६ । गोरखा आँबुखैरेनी सडक अबरुद्ध गरेका छन् । मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथासीघ्र छानबीन गर्न दबाब दिदै स्थानीयबासीले आज दोस्रो दिन पनि गोरखा आँबुखैरेनी सडक अबरुद्ध गरेका छन् ।

स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा सडकमा ढुङ्गा थुपारेर तथा मान्छे बसेर सडक अबरुद्ध बनाएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक सुकबहादुर बिकले जानकारी दिनु भयो  ।

घटनाको तत्काल छानबीन गर्ने र सत्यतथ्य सार्वजनिक गर्ने माग राखेर बिहान नौबजेदेखि सडक अबरुद्ध गरिएको मृतकका आफन्त सुबास घिमिरेले जानकारी दिए । ‘भन्न त हामीले दुईघण्टाका लागि भनेका छौं, तर प्रशासन कार्यालयले हाम्रो मागलाई बेवास्ता गरे अनिश्चितकालीन चक्काजाम गर्नेछौं’, घिमिरेले भने ।

स्थानीयबासीले घटनाको यथासीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । उनीहरुले बिहिबार विद्यालयमा तालाबन्दी गरी सडक अबरुद्ध गरेका थिए । त्यस्तै शुक्रबार जिल्ला प्रशासन कार्यालय पनि केहीबेर घेराउ गरेका थिए ।

गत सोमबार राती नौबजे विद्यालयबाट घर जान हिडेका ५० बर्षीय घिमिरेको मंगलबार बिहान नौ बजे विद्यालय नजिकैको जंगलमा शव भेटिएको थियो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्