भरतपुर, ३१ साउन २०७६ । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ ।

कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा मेडिकल टेष्ट गरिएको छ ।

रवि लामिछाने सहित नियन्त्रणमा लिएकाहरुको तस्विर कैद गर्न भरतपुर अस्पतालमा पुगेका पत्रकारलाई छलेर प्रहरीले पछाडीको गेटबाट उनिहरुलाई जिल्ला प्रहरीका कार्यालय पु¥याएको छ ।

प्रहरी कार्यालयको कष्टडीमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् । शुक्रवार सरकारी वकिलसंगको छलफल तथा परामर्शपछि थप प्रकृया अघि बढाइने उनले बताए ।

लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट र कार्कीलाई काठमाडौंको तिलिङ्गेबाट गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २० गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्