फ्रान्स, ३१ साउन २०७६ । गैर आवासीय नेपाली संघ फ्रान्सको आसन्न निर्वाचन (२०१९-२०२१) को लागी सदस्य पदमा शोभा गजुरेलले उम्मेदवारी घोषणा गरेकी छन्।

७ बुंदे प्रतिवद्धतासहित गजुरेलले चुनाबी मैदानमा उत्रिने निर्णय गर्नुभएको छ ।सिन्धुलीमा जन्मनुभएकि शोभा हाल लामो समय देखि फ्रान्सको पेरिसमा कर्म थलो बनाउदै आउनुभएको छ। गजुरेलले समाजमा भएका बिबिध बेथिति हरुको बारेमा खुलेर बोल्ने र महिला हक हितको लागि बेला बेलामा सामाजिक संजालमा आफ्ना स्प्रष्ट भनाइहरु राख्ने गरेको अबगत नै छ। सानै देखि निडर र हक्की स्वभाव भएकि उनि खुल्ला रुपमा चुनावी मैदान मा उत्रिएकि छन् ।

गैर-आवासीय नेपाली संघलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन युवा तथा महिलाहरुको माझ आकर्षण बढाउन आफूले उम्मेदवारी दिन लागेको उनी बताउँछिन्।

१) बिबिध कारण ले आफ्नो जन्मभुमी छोडेर बिदेश आउन पुगेका नेपाली ले भोग्नु परेका कठिनाई को राम्रो अनुभुती भएको म ति समस्याहरू सङ्ग जुध्न र तिनका समाधान हुने काम मा उपयुक्त हुन सक्नेछु भन्ने विश्वाश लियर आज हजुरहरु सामु उभिएकी छु ।

२) नेपालको मेनपावर कम्पनिको ठगिको चपेटामा परेर बिदेशमा आइ दुख कष्ट भोगिरहनु भएका नेपाली हरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता गर्दछु ।

३) हाम्रा धेरै समस्याहरु नेपाल संग पनि जोडियका छन् नेपालीहरुका समस्या समाधान गर्न म पुलको भूमिका खेल्ने प्रयास गर्ने छु ।

४) म एउटी महिला भएको कारण बिदेशमा रहनु हुने महिलाहरुका समस्या बुझ्न र तिनका समाधान गर्न सहजकर्ताको भूमिका राम्रोसँग खेल्न सक्ने छु ।

५) नेपालको राजनीति परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पारिवारिक सदस्य भएकोले नेपाली जनता र नेपाल राष्ट्र प्रति मेरो प्रतिबद्दता प्रती पुन : विश्वाश दिलाउन चाहन्छु ।

६) एन आर एनए फ्रान्सको आर्थिक गतिविधिलाई पारदर्शी बनाउनु र समय सापेक्ष्य कार्यक्रम हरुलाई अगाडि बढाउने मेरो प्रतिबद्दता रहने छ । हरेक एन आर एनएले गर्ने कार्यक्रम लाई छोटो छरितो र समयमा सन्चालन गर्ने कोशीसमा पहल मेरो रहने छ।

७) हामी सबै नेपालीको साझा घर एन आर एनए बनाउन नेपाली बाहेक अरु तरिका बाट पनि फ्रान्सको कागज पाउनु भएका नेपाली मुलका नेपाली लाई पनि एन आर एनएमा आबद्ध हुने बातावरण मिलाउने मेरो प्रयास रहने छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्