फ्रान्स, ३० साउन २०७६ । बि स २०३१ सालमा नुवाकोटमा जन्मनु भएका शिब राम भण्डारी पेरिसका एक सफल व्यवसायी हुनुहुन्छ । एन आर एन ए फ्रान्सको आठौ महाधिबेशनको कोषाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका शिब एक असल भद्र र अनुभवी ब्यक्ति हुन् ।

नेपाल हुदा खेरी देखि नै बिभिन्न सामाजिक काममा समाहित हुनुभएका उहा नेपाल रेडक्रस सोसाइटी र नुवाकोट बन कार्यालयसंग संग्लग्नमा प्रत्यक्ष समाजसेवामा रहेर काम गर्नु भएको थियो ।

व्यवास्थापन संकायमा उच्च शिक्षा हासिल गर्नु भएका उहा नेपालमा छदाखेरी नै हुलास इस्टिलमा ४ बर्ष लेखापालको रुपमा कामको अनुभब समेत रहेको छ ।

सन् २००० मा फ्रान्स आएका शिब बिभिन्न पेशामा आबद्द हुदै सन् २०१५ बाट आफ्नै ब्यवसाय संचालन गर्दै आइरहनु भएको छ । उहाको मेहनत व्यवसायीक निपुर्णताले गर्दा उहाले हाल दोस्रो व्यवसाय पनि संचालन गर्नु भएको छ ।

कुशल व्यवस्थापकको भूमिका निभाउन सफल भएकाले फ्रान्स-नेपाल कलेक्टीभ परामर्शमा फ्रान्सको माथिल्लो सदनको सभासद, विभिन्न व्यवसायी नेपाली दुताबास पेरिसका महामहिम राजदुत श्री दिपक अधिकारीको उपस्थितिमा कुशल युवा व्यवसायीको प्रमाणपत्र समेत पाउनु भएको छ । त्यस्तै, मिलनसार र सफल व्यवस्थापकीय ज्ञानको कारण पेरिस वडा नम्बर दुई बाट समेत सम्मानित हुनु भएको एक सफल व्यवसायी हुनुहुन्छ ।

एन आर एन ए फ्रान्सको स्थापना कालदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा निरन्तर कार्य गर्दै आउनु भएका उहाले आकस्मिक कोषको संकलनमा नेपाली पाठशालाको स्थापना रक्तदानका साथै आफुले सकेको रकम बिभिन्न बिधालय तथा मठ मदिरहरुमा सहयोग गर्दै आउनु भएका एक सामाजिक अभियान्ता पनि हुनुहुन्छ ।

“आर्थिक पारदर्शिता आजको आवश्यकता” नारा सहित सबै फ्रान्समा रहेका संघ सस्थाहरु संग हातेमालो गर्दै एन आर एन ए फ्रान्स लाई मजबुत र बिस्वासनीय सस्थाको रुपमा आगामी दिनमा अझ राम्रो बनाउने अठोट शिब राम भण्डारीले लिनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्