कतार, २९ साउन २०७६ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कतारमा हुन लागेको निर्वाचनमा दाङका दीपजंग शाहले सदस्य पदमा उम्मेदवारीकाे घोषणा गरेका छन् ।

सन २०१९–२१ कार्यकालका लागि शाहले एनआएनए एनसीसीकाे सदस्य पदमा उम्मेदवार बनेकाे सार्वजनिक रुपमा घोषणा गरेका हुन् । गैरआवासीय नेपाली अभियानमा आवद्ध सम्पूर्ण सदस्य, अग्रज अभियन्ता र कतारमा रहेका नेपाली दाजुभाइको माया हौसलाका कारण सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी सिमपानी न्युजसंग कुराकानी गर्नु हुदै उहाले कर्मथलो कतार बनाउनु भएको सम्पूर्ण कतारबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सहयोग गर्नुहुन आब्हान गर्नु भएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यस अभियानका अग्रज अभियन्ता ज्यूहरु, कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु एवं पत्रकार मित्रहरु,
नमस्कार 🙏 ।

सर्वप्रथम गैरआवासीय नेपाली संघको २०१९–२१ को पंजिकृत सदस्यता लिएर सामाजिक मालामा आबद्ध हुनु भएकोमा यहाँहरुलाई हार्दिक बधाई सहित सामाजिक जीवनको उत्तरोत्तर प्रगतिको कामना ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारमा हुन लागिरहेकोे २०१९–२१ कार्यकालको निर्वाचनका लागि मैले सदस्य पदमा उम्मेदवारी दिने व्यहोरा यहाँहरु सबैलाई सहर्ष जानकारी गर्न चाहन्छु ।

गैरआवासीय नेपाली अभियानमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरु, अग्रज अभियन्ता र सिङ्गो कतारको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरो उर्जाको कडि बनेको छ । यहि उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व पंतिमा आफूलाई जोड्ने प्रयास गरेको छु ।

सामाजिक अभियानमा आबद्धता
१ एनआरएनए अभियानमा सन २०१७ देखि पंजिकृत सदस्यतालिई सकृय सहभागिता ।
२ ठकूरी सहयोग सञ्जालको सल्लाहकारमा रहि नेपाली संस्कार र संकृतिको जगेर्नाको अभियानमा कृयाशिल ।
३ पत्रकारमहासंघ कतारमा आबद्द रहि नेतृत्व पंतिसंग उल्लेखनिय भुमिका निर्वाह ।
४ पत्रकारीता विषय लिई दश जोड दुई देखि स्नाकोत्ततरसम्मको अध्ययन यात्रमा दर्जनौ मिडियासंग हकर देखि सम्पादक सम्मको जिम्मेवारी निर्वाह गर्दै हाल दीपसञ्चार मिडियाको प्रधान संम्पादकमा रहि सामाजिक उत्तरदायित्व प्रति निरन्तर खबरदारी
५ विश्वमै सामाजिक क्षेत्रमा अग्रनि भुमिका निर्वाह गरिरहेको रोटरी इन्टरनेशनल अन्तरगत डिस्ट्रिक ३२९२(नेपाल भुटान) च्याप्टर अन्तरगत आरसि भादगाँउको चार्टर महासचिव ।
६ मानव अधिकार, एम्नेस्टि इन्टरनेशनल, लगाएत दर्जनौ सामाजिक संस्थामा आबद्द
७ सन २०१६ देखि कतारमा हस्पिटालिटी, रेस्टुरेन्ट लगाएत व्यवसाय सञ्चालन ।

आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यहाँहरुको निरन्तर साथ सहयोगले नै मलाई एनआरएनए एनसीसी कतारको सदस्य पदमा उमेदवारी दिई एनआरएनएको यात्रा तय गर्ने आत्मबल बढेको छ । मेरो यो शुरुवातलाई आ–आफ्नो ठाउँबाट महत्वपूर्ण सहयोग गरि सदस्य पदमा निर्वाचित गराई सामाजिक सद्भावले भरिएको यस गैरनाफामुलक सामाजिक संस्थाको सुन्दर मालामा गासिदिनु हुनेछ भन्नेमा पूर्ण विश्वास सहित यहाँहरु सबैमा विनम्र अनुरोध गर्दछु ।

भवदिय,
दीपजंग शाह
उमेदवारीः सदस्य (२०१९–२१ कार्यकालको लागि)
गैरआवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद् कतार
जिल्ला: दाङ

आगामी २३ अगस्त तारिखमा हुन लागेकाे निर्वाचनमा आफ्ना शुभेच्छुक तथा आफन्तले दिएको माया र सद्भावलाई उच्च सम्मान गर्दै गैरआवासीय नेपाली संघ कतारको नेतृत्व पंतिमा आफूलाई जोड्न चाहेकाे बताए । उनले गैरआवासीय नेपालीहरूकाे हक अधिकार स्थापित गर्ने तथा विभिन्न सामाजिक कार्य थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धताका साथ आफुलाई जिताउन पनि सबैमा अपिल गरेका छन् । लमही नगरपालिकाकाे रिहार स्थायी घर भएका शाहले विभिन्न संघसंस्थाहरुमा आवद्ध रही अनुभव संगालिसकेका छन् ।

विभिन्न क्षेत्रमा आफुलाई अब्बल रहेको प्रमाणित गरी सकेका शाह मिडिया क्षेत्रमा समेत आवद्ध रही दशक लामो अनुभव संगालि सकेका छन् । सामाजिक क्षेत्रमा अग्रणि भुमिका निर्वाह गरिरहेको रोटरी इन्टरनेशनल अन्तरगत डिस्ट्रिक ३२९२ (नेपाल भुटान) च्याप्टर अन्तरगत आरसि भादगाँउको चार्टर महासचिवसमेत भइसकेका शाह मानव अधिकार, एम्नेस्टि इन्टरनेशनल, लगायत दर्जनौ सामाजिक संस्थामा आवद्ध सक्रिय, उत्तरदायि तथा कर्तव्य पालनामा लगानशील युवा हुन् ।

उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसी कतारको सदस्य पदमा आफु विजयी हुनेमा आशावादी भएकाले पंजिकृत सदस्यहरुलाई विजयी बनाउन हार्दिक अपिल गरेका छन् । निर्वाचनकाे मिति नजिकिएसंगै गैरआवासीय नेपालीहरूमाझ चुनावी राैनकता छाएकाे छ भने आगामी नेतृत्व कस्ताे आउने हाे भन्ने सर्वत्र चासाे बढेकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्