पोखरा, २९ साउन २०७६ । पोखरामा आज भिषण आगजनी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको फर्निचर पसलमा दिउँसो ४ बजे आगो लागेको हो ।

न्युरोडस्थित एस मिनी मार्केटमा लागेको उक्त आगोको कारण २३ वटा सटर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीको कारण कराडौँको क्षति भएको प्रहरीले जनाएको छ ।

मिनी मार्केटका नौवटा शटरमा एक्लैको लगानी रहेको कार्पेट, फोम हाउस रहेको र चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसलहरुमा गरी सातजना ब्यवसायीका २३ वटा शटर जलेर नष्ट भएको हो ।

महानगरपालिकाका तीनवटा दमकल र खानेपानी ट्याङ्करको सहायतामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलेको सहयोगमा आगो साँझ ६ बजेमात्र नियन्त्रणमा आएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्