काठमाडौँ, २९ साउन २०७६ । संविधान निर्माणका अगुवा , पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशिल कोइरालाको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

कोइरालाको ८० औं जन्मजयन्तीका सन्दर्भमा नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरमा दीप प्रज्वलन कार्यक्रम गरेको ने बि संघ सभापति सुमन बिमलीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि  नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्दै सुशिल कोइरालालाई स्मरण गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

ने बि संघ पुरन्चौरलाई आउदो दिनमा अझ रचनात्मक कार्यक्रम गर्न  अनुरोध गर्नु भयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का नेपाली काँग्रेस सचिव बिष्णु बास्तोलाले ने बि संघ पुरन्चौरलाई कार्यक्रम का लागि धन्यवाद दिदै नव निर्वाचित पदाधिकारीलाई पनि बधाई दिनु भयो ।

कार्यक्रममा ने बि संघ नेता राजिव बास्तोला, नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष मुस्ताङ कि पुष्पा शेरचन , निवर्तमान सभापति सुजन सापकोटा , फोर्स अध्यक्ष दिक्षा सुवेदी , कृषि बिद्यार्थी सम्पर्क मञ्च का अध्यक्ष मनिष पन्ड्डित ले अतिथि का रु अासन गहन गर्नु भएको थियो भने स्वागत मन्तव्य ने बि संघ उपाध्यक्ष प्रदिप ज्ञवाली ले गर्नु भएको कार्यक्रम सचिव शिशिर रेग्मी ले सन्चालन गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्