काठमाडौं, २८ साउन २०७६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार भएपछि घर फर्किएका छन् । गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

डा मिमि गिरी नेतृत्वको चिकित्सकको टोलीले सिंहको उपचार गरेको थियो । आज साढे पाँच बजे अस्पतालबाट सिंह डिस्चार्ज भएको र चिकित्सकको सल्लाहअनुसार घर फर्के पनि अझै केही दिन पूर्ण आराम गर्ने सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिनु भयो ।

घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरुको टिम, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्ने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, नेता कार्यकर्ता, सबैलाई धन्यवाद दिएका छन् ।

‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्