भक्तपुर, २६ साउन २०७६ । सिन्धुली जाँदै गरेको बस अनियन्त्रित भएपछि भक्तपुरको मध्यपुर ठिमी, गठ्ठाघरमा एकै पटक तीन वटा बसलाई ठक्कर दिएको छ ।

बा ४ ख ५७९४ नम्बरको बस अयन्त्रित हुँदा सोही दिशातर्फका तीन बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बा ५ ख ४०२९, बा ३ ख ७०९३, र ना ६ ख ७१८५ नम्बरलाई ठक्कर दिएको हो ।

घाइतेमध्ये १३ जनालाई उपचारका लागी गठ्ठाघर स्थित नागरिक अस्पतालमा राखिएको छ भने ३ जनालाई ठिमीस्थित मध्यपुर अस्पतालमा पुर्याइएको प्रहरीको भनाइ छ । सबै घाईतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रहरीले ४ वटै बस सहित ठक्कर दिने बस चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका( ६ घर भई हाल काठमाण्डौ ताहचल बस्ने बर्ष ३०को दिपकराज ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्