इमरान खान

कपिलवस्तु २६ साउन २०७६ । आज कपिलवस्तु जिल्लाको मायादेबी गाँउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी गरेको छ ।

नचिनेका मान्छेको समूहले शनिबार राति मायादेवी गाउँपालिका सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०५० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्