काठमाडौँ, २३ साउन २०७६ । आज फेरी सुनको मुल्य बढेको छ । लगातार एक सातादेखि उकालो लाग्दै आएको सुनको मुल्य बिहीबार पाँच सय रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै छापावाला सुन भने बिहीबार तोलाको ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन बुधबार ६९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यसैगरी सुनको मुल्य संगसंगै चाँदीकाे मूल्य पनि निरन्तर उकालो लाग्न थालेको छ । बिहिबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ ।

बुधबार चाँदी ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको चाँदी बिहिबार तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाामा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो । एक सातादेखि सुनको मूल्य उच्च रुपले बढेर दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ। सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध मुख्य हो। अमेरीकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउँदा त्यसको प्रत्यक्ष असर बिश्व व्यापारमा पर्दा सुनको मूल्य बढ्दै गएको हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्