गोरखा , २२ साउन  २०७६ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका कार्यक्रम भड्किलो र खर्चिलो नबनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले आज बुधबार एक सुचना जारी गर्दै प्रशासकीय अधिकृत गौतम भण्डारीद्धारा हस्ताक्षरित सुचनामा नेपाली महिला दिदीबहिनीहरुको महान पर्ब हरितालिका तीजको सामाजिक, साँस्कृतिक एब धार्मिक महत्व रहेको व्यहोरा सर्बबिदितै रहेको छ । तर, पछिल्लो समय केही वर्षहरुमा हरितालिका तीज पर्वको सेरोफेरोमा हुने गरेका तडक भडक, फजुल खर्च एबम गर-गहना प्रदर्शनका कारण  भबिश्यमा पर्न सक्ने नकारात्मक असर एब प्रभाबका बिषयमा समेत पूर्व-सचेतना र पूर्व-साबधानीको आवश्यकता बोध भइरहेको छ ।

यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय गोरखाले तीज पर्वको  सामाजिक, साँस्कृतिक एब धार्मिक महत्वलाई  आवश्यक लाई संरक्षण सम्बर्द्धन एबम प्रवर्द्धन गरौं । तीज पर्वलाई पारिवारिक एबम सौहार्दपुर्ण बाताबरणमा मानाउनका लागि सम्पुर्ण गोर्खाली दिदिबहिनीहरुमा  जिल्ला प्रशासन कार्यालय गोरखाले अपिल गरेको छ ।

तीजमा हुने विभिन्न किसिमका विकृती,विसंगति नियन्त्रण गर्न प्रशासनले उक्त कार्य गर्ने र गराउनेलाई कानूनी कार्बाही गरिने जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्