काठमाडौं, २०७६ साल साउन २२ गते बुधबार । चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा हुनुभएका आश्रितहरुका लागि सघाउन सजिलो होस् भनी बानेश्वर चोकमा माइती क्याफे सञ्चालन गरिएको छ ।

विदेशबाट स्वदेशमा नै केही गर्छु भनी फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी संस्था फ्रि गर्लको संयोजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालन गरिएको हो ।

यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौँ चेलीबेटीहरुको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे संचालक आफ्नो नेपालसँग आबद्ध समिर पन्थीले जानकारी दिनुभयो । मुनाफाको बाँकी ४९ प्रतिशत रकमसमेत यही क्याफेको व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिने उहाले बताउनु भयो ।

क्याफेबाट हुने आम्दानीले माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्युनिकरण गर्ने अपेक्षा क्याफे संचालकको छ ।

माइती क्याफेमा माइती नेपालमा आश्रीत चेलिबेटीहरुले रोजगारी पाएका छन् । माइती नेपालको संरक्षणमा रहेका नेपाली चेलीबेटीहरुको पुनर्जीवनका लागि पनि यो क्याफे महत्वपूर्ण माध्यम हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ, पन्थीले भन्नुभयो । माइती नेपालमा रहेका चेलीहरुलाई यस क्याफेमा संलग्न गराएर उनीहरुलाई सिप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तरघुलन गराउने र आत्मनिर्भर गराउने उद्देश्य क्याफेले लिएको छ ।

आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियान्ता पन्थीले अमेरिकामा लामो विभिन्न ब्यवसाय संचालन गरेका थिए । देशमा केही गर्नु पर्छ भन्ने भावनाका साथ नेपाल फर्किएर उहाले सामाजिक अभियान र व्यवसायीक काम गर्दै आएका छन् ।

आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो ।क्याफेमा नेपाली र विदेशी विभिन्न परिकारहरु पाईने छ । उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशम्शेर राण र मनिष कोइरालाले साथ दिएका छन् ।

यहाँको परिकाकारे मुल्य पनि निकै सस्तो राखिएको पन्थीले दावी समेत गर्नु भयो । क्याफेको मेनुमा समेत माइती नेपालका सामाजिक कामहरुको जानकारी राखिएको छ । ग्राहकले खाना अर्डर गरेपछिको समयमा माइती नेपालबारे मेनुबाट जानकारी लिन सक्नेछन्  पन्थीले भन्नु भयो , । खानेकुरा खाएपछि तिरेको रकमको केही हिस्सा नेपाली चेलिबेटीको उद्दार र पुनस्थापनामा खर्च हुने कुराले उनीहरुलाई फरक आनन्दको अनुभूती दिने छ |

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्